हत्याको योजनाकार महिला १६ वर्षपछि पक्राउ
काठमाडौँ । ललितपुरमा भएको हत्याकाण्डको योजनाकार रहेकी एक महिलालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा (अधिकारी) भन्ने सोभिता थापा रहेकी छन् ।
२०६४ साल असार २६ गते ललितपुरको शंखमुखलमा ललितपुर ईमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको थियो । उक्त घटनाको योजना सोभिता थापाले बनाएकी थिइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार थापाले आफ्नो भाइ विनोद थापासहित तीन जनालाई विष्टमाथि कुटपिट गर्न लगाएकी थिइन् । कुटपिटबाट सख्त घाइते भएका विष्टको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेकी थापालाई कार्यालयको टोलीले चैत ५ गते ललितपुरको ढोलाहिटीबाट पक्राउ गर्न सफल भएको थियो । रेग्मीका अनुसार उनलाई थप कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण