सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक हिरो ‘अश्वत्थामा’ बन्दै छन् शाहिद

बुधबार, ०७ चैत २०८०, १० : ०३
बुधबार, ०७ चैत २०८०

नयाँ दिल्ली । नयाँ फिल्मको घोषणापछि शाहिद कपूर यतिबेला चर्चामा छन् । अमेजन प्राइम भिडियो इन्डियाले बुधबार ह्याशट्याग आरयूरेडी कार्यक्रमको आयोजना गरेको थियो । यसै कार्यक्रममा ‘अश्वत्थामाः द सागा कन्टिन्यूज’को घोषणा भएको छ । फिल्मका हिरो शाहिद कपूर हुने बताइएको छ । शाहिद कुनै पौराणिक कहानीको हिस्सा बन्न लागेको यो पहिलो पटक हो । हलमा रिलिज भएपछि फिल्म प्राइम भिडियोमा प्रसारण हुनेछ ।

केही समय अघि शाहिदले आफ्नो आगामी फिल्मका लागि निर्माता वाशू भगनानीसँग हात मिलाएको खबर आएको थियो । यो खबरको पुष्टि बुधबार प्राइम भिडियोको कार्यक्रमले पनि गरेको छ । फिल्म निर्माता वाशु भगनानी र उनका छोरा ज्याकी भगनानी मिलेर बनाउने खबर आएका छन् । फिलम बृहत स्तरमा बन्ने र यसमा ग्लोबल भीएफएक्स टिमले काम गर्ने बताइएको छ । अश्वत्थामा बन्न शाहिदले फिजिकल टे«निङ लिनेछन् ।  

विक्की कौशल अश्वत्थामा बन्ने हल्ला थियो

‘अश्वत्थामाः द सागा कन्टिन्यूज’ कयौं महिनायता चर्चामा छ । फिल्म उरीका निर्देशक आदित्य धरले बनाउने भएका थिए । फिल्ममा विक्की कौशल हिरो हुने पक्कापक्की थियो । फिल्मको पोस्टरसमेत रिलिज भइसकेको थियो । तर आर्टिकल ३७० को ट्रेलर लञ्चको समयमा धरले आफूले अश्वत्थामा नबनाउने घोषणा गरे । यो फिल्म भारतीय सिनेमाका लागि अति नै ठुलो भएको उनको भनाई थियो । उनको टिमले यो फिल्म बनाउन असम्भव भएको समेत बताएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप