एचआईभीबारे वैज्ञानिकहरूले ठुलो दाबी - कोषिकाबाट सङ्क्रमित जीन हटाउन सकिन्छ
एम्स्टर्डम । वैज्ञानिकहरूले जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोषबाट सफलतापूर्वक अलग गरेको बताएका छन्। वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई सङ्क्रमित कोषबाट अलग गर्न प्रयोग गरेका हुन्।
यो प्रविधिको प्रयोग गरेर उनीहरूले ‘मोलिकुलर’ तहमा कैँची जस्तै डीएनए काटेर सङ्क्रमित भागहरू छुट्याएका छन् । युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी सङ्क्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरेको बताएको छ ।
यसै साता भएको मेडिकल कन्फरेन्समा यससँग सम्बन्धित अनुसन्धानका बारेमा थप जानकारी दिँदै टोलीले भने, ‘हालको अनुसन्धानले यसरी कोशिकाको डीएनएको सङ्क्रमित भागलाई हटाउन सकिन्छ भन्ने अवधारणालाई प्रमाणित गर्छ तर यो विधि चाँडै एचआईभी निको हुन्छ भन्ने होइन।’
हालसम्म उपलब्ध औषधिहरूले एचआईभीलाई फैलिनबाट रोकेर उपचार गर्छ । तर तिनीहरूले यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण