प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबिच प्रधान सेनापति शर्माले प्राडा उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी श्री अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । नेपाली सेनाका रथी, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण