आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीलाई सांसद् ज्वालाको सुझाव: बजेट निर्माणमा सांसदहरूको भरोसा गर्नुस्

बुधबार, ०७ चैत २०८०, १३ : ५७
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् । 

सांसद ज्वालाले विज्ञ भने पनि, सल्लाहकार भने पनि, अनुभवी व्यक्ति भने पनि जनतासँग जोडिएको व्यक्ति सांसदहरू भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् । बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमापनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।  सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिने गरी बजेट ल्याउने अपेक्षा समेत गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको बताए । 

सांसद ज्वालाले बजेट पारदर्शी ढङ्गले ल्याउन पनि सरकारलाई सचेत गराए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप