अर्थमन्त्रीलाई सांसद् ज्वालाको सुझाव: बजेट निर्माणमा सांसदहरूको भरोसा गर्नुस्
काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।
सांसद ज्वालाले विज्ञ भने पनि, सल्लाहकार भने पनि, अनुभवी व्यक्ति भने पनि जनतासँग जोडिएको व्यक्ति सांसदहरू भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् । बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले योजना निर्माणमापनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिने गरी बजेट ल्याउने अपेक्षा समेत गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको बताए ।
सांसद ज्वालाले बजेट पारदर्शी ढङ्गले ल्याउन पनि सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण