आफ्नो नामको अगाडि ‘किङ’ नजोड्न समर्थकसँग विराट कोहलीको आग्रह

काठमाडौँ । भारतीय क्रिकेट टोलीका स्टार खेलाडी विराट कोहलीले आफ्नो नामको अगाडि ‘किङ’ शब्द नजोड्न समर्थकहरूसँग आग्रह गरेका छन् । विराटले नामको अगाडि ‘किङ’ शब्द जोड्दा आफूले असहज अनुभव गर्ने गरेको पनि बताएका छन् ।
३५ वर्षीय विराट भारतमा ‘किङ कोहली’ को नामले चर्चित छन् । भारतका अधिकांश क्रिकेटप्रेमीले उनलाई ‘किङ कोहली’ कै नामबाट सम्बोधन गर्ने गरेका छन् । पछिल्लो समय त सञ्चारमाध्यममा समेत उनलाई ‘किङ कोहली’ भनेर सम्बोधन गर्ने गरिएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको पूर्वसन्ध्यामा उनको टोलीले आयोजना गरेको एक कार्यक्रममा कोहलीले यस्तो आग्रह गरेका हुन् । उक्त कार्यक्रममा रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो नयाँ जर्सी पनि सार्वजनिक गरेको थियो ।
आईपीएलमा विराट पनि रोयल च्यालेन्जर्स बैंगलोरबाटै खेल्छन् । आईपीएलको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच नै हुँदैछ ।
रोयल च्यालेन्जर्स बैंगलोरद्वारा आयोजित कार्यक्रममा आफ्ना समर्थकलाई सम्बोधन गर्दै विराटले भनेका छन्, ‘सबैभन्दा तपाइँहरु मेरो नामका लागि किङ शब्द जोड्न छाडिदिनुस् । नामको अगाडि किङ शब्द जोडिएर आउँदा मलाई निकै अप्ठ्यारो लाग्छ । तपाइँहरुसँग यो मेरो अनुरोध हो ।’
आफूले निकै अघिदेखि फाफ डु प्लेसिसलाई पनि यस्तो आग्रह गर्दै आएको बताए । ‘मैले निकै अघिदेखि फाफ डु प्लेसिसलाई पनि यस्तो आग्रह गर्दै आएको छु । उनले किङ कोहली भनेर बोलाउँदा मलाई निकै लाज लाग्छ । त्यसैले यो नामले नबोलाउन मैले उनलाई पनि आग्रह गरेको छ,’ कोहलीले भने । फाफ डु प्लेसिस रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान पनि हुन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा