जीतपुरसिमरा टी–२० क्रिकेट वर्षाले प्रभावित
काठमाडौं । जीतपुरसिमरा टी–२० क्रिकेट कप प्रतियोगिताअन्तर्गत बुधबारको खेल वर्षाले प्रभावित भएको छ । बिहानैदेखि भएको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेसन र खुकुरी क्रिकेट क्लबबीचको खेल स्थगित भएको हो ।
आयोजक अभियान नेपालका संरक्षक त्रिलोकविक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेल बिहीबार हुने जानकारी दिए । वर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको उनले बताए ।
राउण्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगितामा समूह ‘बी’ का दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।
यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसँग चैत १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गरेको थियो ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण