बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘महाजात्रा’ लाई देशभर उच्च शाे, कस्तो होला ओपनिङ ?

बुधबार, ०७ चैत २०८०, १६ : ४६
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘महाजात्रा’ । फिल्मले मङ्गलवार प्रिमिएरमा राम्रो प्रतिक्रिया समेत पाएको छ । सायद त्यसैले पनि देशभरका सिनेमा हलले फिल्मलाई उच्च सो दिएका छन् । फिल्मलाई प्राप्तले सो ले ओपनिङ राम्रो हुने अनुमान गरिएको छ । अहिलेको हल रिलिजको दिनसम्म अझ बढ्न सक्ने वितरकले जानकारी दिएका छन् ।

फिल्मलाई मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ६७ सो दिएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिने म्याक्समा ५ सो, भक्तपुरमा रहेको क्यु एफएक्समा ६ सो, लबिम मलमा ५ सो , सिभिल मलमा ५ सो, ठमेलमा रहेको छायाँ सेन्टरमा ७ सो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ६ सो, बुटवलमा ५ सो, दमौलीमा ४ सो, नारायणघाटमा रहेको जलमामा ७ सो, विराटनगरमा ६ सो, बिर्तामोडमा ५ सो, वीरगन्जमा २, इटहरीमा ५ सो दिएको छ ।

काठमाडौँमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ५ सो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ९ सो, गोङ्गबुमा रहेको बिएसआर मुभिजमा ६ सो, सुन्धारास्थित सीटीसी मलमा रहेको सिने डी सेफमा ६ सो, चाबहिलमा रहेको केएल टावरमा अवस्थित एफक्युबमा ७ सो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ८ सो, न्युरोडमा रहेको रन्जना सिन प्लेक्समा ९ सो, कीर्तिपुरमा रहेको कीर्तिपुर सिने प्लेक्समा ५ सो, सितापाइलामा रहेको सिने सिनेमाजमा ७ सो, गोङ्गबुमा रहेको इन्फिनिटी मुभिजमा ५ सो, बानेश्वरमा रहेको वान सिनेमाजमा ९ सो र कालीमाटीमा ७ सो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ५ सो, बानेश्वरमा रहेको आइएनआईमा ५ सो र बुटवलमा रहेको आइएनआइमा ५ सो दिएको छ ।

देशभर प्राप्त शोमार्फत फिल्मले राम्रो ओपनिङ गर्नेमा आफू विश्वस्त रहेको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । उनले अघिल्ला फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने धारणा राखे । कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले प्रिमिएरको प्रतिक्रियाले हलले राम्रो सो दिएको बताए ।

कसैको करोडाैको पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत ‘महाजात्रा’ मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । 

फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप