बजार
सुनको मूल्यमा नयाँ कीर्तिमान
बिहीबार, ०८ चैत २०८०, १२ : ३९
काठमाडौँ । सुनको मूल्यले आज बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा एकै दिन तोलामा २ हजार ६०० रुपैयाँले बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २७ हजार २०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ६०० रुपैयाँ कायम थियो ।
नेपाली बजारमा अहिलेसम्म छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थिएन । यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँको वृद्धि आएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ५५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय २० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण