स्कटल्याण्डमाथि नेदरल्याण्ड्सको गोल वर्षा
शनिबार, १० चैत २०८०, ०७ : ०८

एम्सटरड्याम । स्कटल्याण्डले आफ्नो जीतविहीन यात्रा कायम राख्दै नेदरल्याण्ड्सविरुद्ध लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्स ४–० गोलअन्तरले विजयी बनेको हो ।
खेलको ४० औँ मिनेटमा तिजियानी रइजन्डर्सले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय स्कटल्याण्डले नेदरल्याण्ड्सलाई रोक्न सफल भए पनि खेलको अन्त्यतिर लगातार गोल खान पुगेको थियो ।
७२ औँ मिनेटमा जर्जिनो विज्नाल्डमले दोस्रो गोल गरे । ८४ मिनेटमा वोउट वेगहोर्स्टले अर्को गोल थपे । त्यसको तीन मिनेटपछि नै डोनयेल मालेनले टोलीका लागि चौथो गोल गरे ।
स्कटल्याण्डले पछिल्ला ६ खेलमा १८ गोल खाएको छ । सन् २०२४ को युरोअघि टोलीले अब तीनवटा मैत्रीपूर्ण खेल खेल्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अक्षय र अरशदलाई उच्च अदालतबाट राहत
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
-
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’