स्कटल्याण्डमाथि नेदरल्याण्ड्सको गोल वर्षा
शनिबार, १० चैत २०८०, ०७ : ०८
एम्सटरड्याम । स्कटल्याण्डले आफ्नो जीतविहीन यात्रा कायम राख्दै नेदरल्याण्ड्सविरुद्ध लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्स ४–० गोलअन्तरले विजयी बनेको हो ।
खेलको ४० औँ मिनेटमा तिजियानी रइजन्डर्सले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय स्कटल्याण्डले नेदरल्याण्ड्सलाई रोक्न सफल भए पनि खेलको अन्त्यतिर लगातार गोल खान पुगेको थियो ।
७२ औँ मिनेटमा जर्जिनो विज्नाल्डमले दोस्रो गोल गरे । ८४ मिनेटमा वोउट वेगहोर्स्टले अर्को गोल थपे । त्यसको तीन मिनेटपछि नै डोनयेल मालेनले टोलीका लागि चौथो गोल गरे ।
स्कटल्याण्डले पछिल्ला ६ खेलमा १८ गोल खाएको छ । सन् २०२४ को युरोअघि टोलीले अब तीनवटा मैत्रीपूर्ण खेल खेल्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण