बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलीको कमाल : टी–२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय बने

शनिबार, १० चैत २०८०, ११ : ५५
शनिबार, १० चैत २०८०

बैंग्लोर । रोयल च्यालेन्जर्स बैंग्लुरुका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।

यससँगै कोहली क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिकजस्ता खेलाडीको क्लबमा सामेल भएका छन् । क्रिस गेलले टी–२० मा सर्वाधिक १४हजार ५६२ रन बनाएका छन् । जहाँ पाकिस्तानका शोएब मलिक १३ हजार ३६० रनको साथ दोस्रो स्थानमा छन् । 

वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् ।

ब्रेक लिएपछि विराट कोहली आईपीएलमा फर्किएका छन् । आईपीएलअघि उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिज खेलेका थिएनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप