‘महाजात्रा’को दुई दिनको कलेक्सन कति ?
आइतबार, ११ चैत २०८०, १२ : २१
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले रिलिजको २ दिन राम्रो कलेक्सन गर्न सफल भएको छ । फिल्मले पहिलो दिन (शुक्रबार) १ करोड २३ लाखको ग्रस कलेक्सन गरेको र दोस्रो दिन (शनिबार) फिल्मले १ करोड ८३ लाखको ग्रस कलेक्सन गरेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए ।
शनिबार फिल्मको देशभरका हलमा दर्शकको उच्च चाप थियो । आइतबार (आज) होलीको बिदा भएकाले पनि फिल्मले राम्रो गर्ने अपेक्षा गरिएको छ । तर होलीका कारण अधिकांश हलमा २ बजेपछि मात्र शो राखिएको छन् ।
प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण