दुई समूहबिच विवाद, रेष्टुरेण्ट सञ्चालकले हाने चक्कु

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेस्टुरेन्टमा विवाद भएपछि पहरीलाई खबर गर्नुको साटो रेस्टुरेन्ट सञ्चालकले चक्कु प्रहार गरेको आरोप छ ।
प्रहरीले डी–पोपिनाका सञ्चालक विजय राईलाई पक्राउ गरेको छ । खोटाङ घर भएका विजयले रेस्टुरेन्टको भान्साबाट चक्कु निकालेर प्रहार गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले विजय राई र सुशील राईसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरिने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले रातोपाटीलाई बताए ।
चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको छ । रोबसको कोखमा र पुजनको तिघ्रामा चक्कुको डोब छ ।
आइतबार राति पुजनको समूह रेस्टुरेन्टमा बसेर मदिरा सेवन गर्दै थिए । त्यसबेला रोबस निकट किशोरहरू रेस्टुरेन्टमा पुगेका थिए । रेस्टुरेन्टमा पछि पुगेका किशोरहरूलाई पुजनले भने,‘फुच्चेहरू तिमिहरू यहाँबाट गइहाल ।’ त्यसबेला पुजन समूह र अन्य किशोरहरूबिच केहिबेर नोकझोँक चल्यो । रेस्टुरेन्ट सञ्चालक विजयले उनीहरूलाई बाहिर पठाए । केहीबेरमा रोबस राईलाई साथमा लिएर उनीहरू फेरि रेस्टुरेन्टमा फर्किए । रोबसले सोधे,‘मेरा भाइहरूलाई हप्काउने को हो ?’
केही समयअघि पठाएका किशोरहरू फेरि अर्को मानिस लिएर आएको रिसमा रेस्टुरेन्ट सञ्चालकले चक्कु झिके । केहीले रोक्न खोज्दै थिए तर, उनी रोकिएनन् । उनले रोबसको कोखामा चक्कु प्रहार गरे । उपचारको क्रममा पाटन हस्पिटलमा रोबसको मृत्यु भयो । पुनजलाई पनि विजयले नै चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको तिघ्रामा चोट लागेको छ । दुई युवाको हत्याको कारण ‘पुरानो रिसिबी’ भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म