५० ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ
मङ्गलबार, १३ चैत २०८०, १७ : २९
काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेका छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण