रसुवाबाट ल्याएको सुनसहित दुई जना पक्राउ
बुधबार, १४ चैत २०८०, १६ : ३०
काठमाडौँ । रसुवा जिल्लाको केरुङ नाका हुँदै ल्याएको भन्सार छलीको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदिप बिक र गोरखा घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।
भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
उनीहरूको साथबाट बजार भाउ अनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ बराबरको अन्दाजी १२८।७ ग्राम सुन बरामद गरिएको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण