उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने युवक कारागार चलान
बुधबार, १४ चैत २०८०, २० : ०४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने युवकलाई कारागार चलान गरिएको छ । मंगलबार पक्राउ परेका रविन लामालाई केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सिराहाको गोलबजार नगरपालिका–६ घर भएका २४ वर्षीय लामालाई प्रहरीले बुधवार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा उनलाई काठमाडौँ जिल्ला अदालतले २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण