इमरान खानको पार्टीलाई उच्च अदालतले दियो र्याली गर्ने अनुमति
इस्लामवाद । पाकिस्तानको एउटा उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)लाई इस्लामवादमा र्याली आयोजना गर्न अनुमति दिएको छ ।
बुधबार इस्लामवादको उच्च अदालतले पीटीआईले इस्लामवादमा र्यालीको अनुमति माग्दै दिएको याचिका स्वीकार गरेको हो । अदालतले कानुन अनुसार पार्टीलाई र्यालीको आयोजना गर्न दिन अधिकारीहरूलाई आदेश दिएको छ ।
अप्रिलमा हुनेछ र्याली
इस्लामवाद उच्च अदालतले पीटीआईको र्याली आयोजना मामिलामा सुनुवाइ गरेको छ । पार्टीले अप्रिलको २३ वा ३० मा र्याली गर्न चाहेको थियो । तर पछि अप्रिल ६ मा र्याली गर्ने निर्णय गर्यो । तर जिल्ला प्रशासनले अनुमति दिन अस्वीकार गरेपछि पार्टी अदालतमा पुग्यो ।
‘कसैलाई भेट्ने अधिकार खोस्न मिल्दैन, सर्त तोक्नमा कुनै समस्या छैन, तर सर्त विपरीत गर्न पाइँदैन’ भन्दै इस्लामवादको उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले मुद्दाको फैसला सुनाएका थिए । न्यायधीसले र्यालीमा कुनै दंगा नहोस् भनेर पीटीआईलाई सुनिश्चित गर्न भनेका छन् ।
फेब्रुअरी ८ मा आम निर्वाचन भएयता पीटीआईको यो सबैभन्दा ठूलो र्याली हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण