शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानको पार्टीलाई उच्च अदालतले दियो र्‍याली गर्ने अनुमति

बुधबार, १४ चैत २०८०, २१ : १८
बुधबार, १४ चैत २०८०

इस्लामवाद । पाकिस्तानको एउटा उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)लाई इस्लामवादमा र्‍याली आयोजना गर्न अनुमति दिएको छ ।

बुधबार इस्लामवादको उच्च अदालतले पीटीआईले इस्लामवादमा र्‍यालीको अनुमति माग्दै दिएको याचिका स्वीकार गरेको हो । अदालतले कानुन अनुसार पार्टीलाई र्‍यालीको आयोजना गर्न दिन अधिकारीहरूलाई आदेश दिएको छ ।

अप्रिलमा हुनेछ  र्‍याली

इस्लामवाद उच्च अदालतले पीटीआईको र्‍याली आयोजना मामिलामा सुनुवाइ गरेको छ । पार्टीले अप्रिलको २३ वा ३० मा र्‍याली गर्न चाहेको थियो । तर पछि अप्रिल ६ मा र्‍याली गर्ने निर्णय गर्‍यो । तर जिल्ला प्रशासनले अनुमति दिन अस्वीकार गरेपछि पार्टी अदालतमा पुग्यो ।

‘कसैलाई भेट्ने अधिकार खोस्न मिल्दैन, सर्त तोक्नमा कुनै समस्या छैन, तर सर्त विपरीत गर्न पाइँदैन’ भन्दै इस्लामवादको उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले मुद्दाको फैसला सुनाएका थिए । न्यायधीसले र्‍यालीमा कुनै दंगा नहोस् भनेर पीटीआईलाई सुनिश्चित गर्न भनेका छन् ।

फेब्रुअरी ८ मा आम निर्वाचन भएयता पीटीआईको यो सबैभन्दा ठूलो र्‍याली हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप