शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतविरुद्ध टिप्पणी गर्ने सुप्रिया श्रीनेटलाई कांग्रेसले दिएन टिकट

बिहीबार, १५ चैत २०८०, ११ : ५१
बिहीबार, १५ चैत २०८०

नयाँ दिल्ली । कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेटको लोकसभा चुनाव लड्ने निर्णयमा ग्रहण लागेको छ । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मण्डी लोकसभा सिटबाट भाजपाकी उम्मेदवार कंगना रनौतविरुद्ध अभद्र टिप्पणी गरेपछि सुप्रिया श्रीनेटलाई पार्टीले टिकट दिएन । 

कांग्रेसले बुधबार आफ्नो आठौँ उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । यो सूचिमा सुप्रिया श्रीनेटको नाम थिएन । सुप्रिया श्रीनेट युपीको महाराजगन्ज सिटबाट चुनाव लड्दै थिइन् । अहिले उनको ठाउँमा कांग्रेसले वीरेन्द्र चौधरीलाई उम्मेदवार बनाइएको छ ।

सुप्रिया श्रीनेटले सन् २०१९ को लोकसभा चुनावमा महाराजगन्ज सिटबाट लडेकी थिइन् । तर त्यहाँ उनले पराजयको सामना गर्नुपरेको थियो । यस पटक पनि उनको टिकट त्यही ठाउँमा पक्का पक्की भएको मानिएको थियो । 

तर टिकटको घोषणा हुनुअघि सुप्रियाले आफ्नो अफिसियल एक्स अकाउन्टबाट कंगना रनौतबारे निकै अभद्र पोस्ट गरेकी थिइन् । यो पोस्टलाई भाजपाले यसलाई मुद्दा बनाएर महिलाको सम्मानसँग जोड्यो। अहिले कांग्रेसले डमेज कन्ट्रोल गर्दै सुप्रिया श्रीनेटलाई टिकट नदिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप