आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना

शुक्रबार, १६ चैत २०८०, ०८ : ०१
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । आज नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस । महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै छ । 

यसै अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् । महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । 

'नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु' शुभकामना सन्देशमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप