राजश्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौँ । राजश्व छलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।
गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण