शिक्षामन्त्रीले गरिन् विद्यार्थी सङ्गठनहरूसँग छलफल
काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेकी छन्। विभिन्न सरोकारवालाहरूसँग छलफल गर्ने क्रममा शनिबार विद्यार्थी सङ्गठनहरूसँग छलफल गरिएको हो।
छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव मागेकी थिइन्। समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा,अनेरास्ववियुका अध्यक्ष समिक बडाल,अखिल क्रान्तिकारीका इन्द्र भुसाल र पवन कार्की, अनेरास्ववियूका नरेश न्यौपाने, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका हिमांशु, लोकतान्त्रिक विद्यार्थी सङ्गठनका समर साह, राप्रविसंका मदन शाही लगायत सहभागी थिए।
छलफलमा विद्यार्थी सङ्गठनहरूले शिक्षामन्त्रीलाई विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिमार्जन गर्न, राजनीतिक भागबन्डा बन्द गर्न, विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू गर्न, निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्न, निजी विद्यालयहरूमा छात्रवृत्ति र शुल्क अनुगमन गरी समान शिक्षा लागु गर्न सुझाव दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण