सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नको हारपछि टुकलले भने, ‘बधाई छ लेभरक्युजन’

आइतबार, १८ चैत २०८०, ०७ : ०७
आइतबार, १८ चैत २०८०

म्युनिख । आफ्नै घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग पराजित भएपछि बायर्न म्युनिखका म्यानेजर थोमस टुकलले बुन्डेस लिगाको उपाधि होड समाप्त भएको स्वीकार गरेका छन् । शनिबार भएको खेलमा बायर्न ०–२ गोलअन्तर स्तब्ध बनेको हो ।

करिम अडेयेमी र जुलियन रायरसनको गोलको मद्दतले डर्टमण्डले सन् २०१९ पछि पहिलोपटक डर क्लासिकेरमा जित हासिल गर्न सफल रह्यो । पराजयपछि लिगमा सात खेल बाँकी छँदा बायर्न शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा १३ अङ्कले पछि परेको छ ।

खेलपछि ‘के बायर्न उपाधि होडबाट बाहिरिएको हो ?’ भनेर प्रश्न गर्दा टुकलले भने, ‘पक्कै हो । आजको खेलपछि अङ्क गन्नुको आवश्यकता नै छैन । बधाई छ लेभरक्युजन ।’

_133050836_gettyimages-2118341670

यसअघि शनिबार नै भएको खेलमा ज्याभी ओलन्सोको लेभरक्युजनले गोलले पछि परेको स्थिति उल्टाउँदै होफेनहाइमलाई २–१ गोलले हराएको थियो । पहिलो हाफमा म्याक्सिमिलियान बेयरले गोल गरेपछि लेभरक्युजनको ३८ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्ने देखिएको थियो ।

तर, दोस्रो हाफमा अन्त्यमा टोलीले नाटकीय पुनरागमन गर्न सफल भयो । ८८ औँ मिनेटमा रोबर्ट एन्डरिचले बराबरी गोल फर्काए भने इन्जुरी समयमा प्याट्रिक सिकले गोल गर्दै टोलीलाई जित दिलाए ।

२७ खेलपछि लेभरक्युजनको ७३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बायर्नको समान खेलबाट ६० अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप