तोयम रायालाई महालेखा परीक्षकमा नियुक्त गर्ने तयारी
काठमाडौं । सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्ने तयारी गरेको छ ।
महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका छन् ।
परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।
लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा हुँदादेखि नै महालेखापरीक्षकमा अडान लिँदै आएका थिए ।
महालेखा परीक्षकका लागि राय र शिशिर ढुंगानाको चर्चा भइरहेको थियो । दुबै जना ओलीनिकट हुन् । बैठकले निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त व्यवस्थापन आयोगमा समेत एक–एक सदस्य नियुक्त गर्ने जनाइएको छ । –न्युज बैंक नेपालबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण