बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

घुससहित वडाध्यक्ष पक्राउ

आइतबार, १८ चैत २०८०, १७ : ५३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीलाई पक्राउ गरेको छ । 

 घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई १५ हजार रकमसहित रंगेहात पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप