सिराहाबाट एसईईको चिट बनाएको आरोपमा युवक पक्राउ
आइतबार, १८ चैत २०८०, १८ : २०
काठमाडौँ । सिराहाको खुसिपुर नगरपालिका–७ स्थित रजै मावि बलही परीक्षा केन्द्रवरबाट प्रहरीले चिट बनाएको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३ बस्ने १८ वर्षीय पप्पु कुमार सिंह छन् ।
उनको समूहले परीक्षा केन्द्रबाट प्रश्नपत्र लिक गराएर बाहिर कविता फोटो स्टुडियोमा उत्तर लेखेको सिराहाका एसपी सन्तोष आचार्यले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले अनिवार्य गणित विषयको उत्तर लेखेको ३० प्रति फोटोकपी बरामद गरेको छ । उनीविरुद्ध परीक्षा केन्द्रको वातावरण खल्बलाएको र अमर्यादित व्यवहार गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एसईई परीक्षा केन्द्रहरूबाट प्रहरीले शङ्कास्पद १३१ थान मोबाइल र १८ वटा स्मार्ट वाच पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण