एमाले बारा जिल्ला अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै
बारा । नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । जिल्ला सदरमुकाम कलैयामा हुने अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली अहिले बारा आउँदैछन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको प्रमुख आतिथ्यमा हुने उद्घाटन समारोहको तयारी पूरा भएको एमाले बाराले जनाएको छ । अधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन वडा, नगर तहबाट उत्साहजनक सहभागिता गराउने गरी तयारी भइरहेको एमाले पोलिटब्युरो सदस्य एवम् बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले जानकारी दिए ।
आजदेखि सुरु हुने अधिवेशनको विषयमा जानकारी दिन आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । एमालेको अधिवेशन बारा जिल्लाको विकाससँग समेत जोडिएको भन्दै सङ्घीय सांसद मैनालीले उत्साहजनक उपस्थितिकाबिच उद्घाटन समारोह सुरु हुने बताए ।
जिल्ला अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह, एमाले नेता सुबोध प्याकुरेल, केन्द्रीय सदस्य बलवीर चौधरी, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायत उपस्थित थिए ।
अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सहभागी हुन करिब आठ सय प्रतिनिधि चयन भइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण