बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
बागमतीमा विश्वासको मत

बागमतीमा हाताहाती सहमति हुनुपर्छ : राजेन्द्र पाण्डे

सोमबार, १९ चैत २०८०, १० : ४३
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न नसकिने बताएका छन् । विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमान्दार नभएको भन्दै अब उधारो सहमति आफूलाई मान्य नहुने बताएका हुन् । 

बागमती प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिएपछिमात्र अन्य विषयमा सहमति हुने उनको भनाइ छ । ‘पहिलो कुरा बागमतीमा विश्वासको मत लिने भएपछि हामीलाई नै दिनुपर्छ । आजै दिनुपर्छ । उदारो कति सही गर्नु ? माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको कागज मसँग छ । उधारो लिखित के काम छ ? सहमतिका साथ जाने हो भने बागमती प्रदेशमा मुख्यमन्त्री हामीलाई दिनुपर्छ । त्यसो भएमा कुरा मिल्न सक्छ । अन्यथा सबै कुरा उहाँलाई गर्दै जाने हामीलाई भोट हाल्दै जान त सकिँदैन । यी सबै झण्झट बोक्नुको सट्टा भोट नहालेर बसे भइगो नि’, सोमबार रातोपाटीसँग कुराकानी गर्दै पाण्डेले बताए ।

एक जनाको मत पनि महत्त्व कति हुँदो रहेछ भन्ने कुरा बागमती प्रदेश सभाको अङ्कगणितले नै पुष्टि हुने उनको तर्क गरे । त्यसैले कुनै पनि पार्टीलाई सानो छ भनेर मिनिमाइज गर्नु उचित नहुने उनको तर्क छ । 

‘सङ्घीय संसदमा प्रधानमन्त्रीलाई भोट हाल्न तयार नभएको भए । जसपा पनि जान सक्दैनथ्यो । दुई पार्टी नगएको भए २२ सिट अनुपस्थित हुन्थ्यो ।  यी सबैले भोट नहालेको भए प्रचण्डको नेतृत्वको सरकार बन्दैनथ्यो । त्यसैले सानो पार्टी भन्दैमा कसैलाई पनि मिनिमाइज गर्न मिल्दैन’, उनले भने ।

 पाण्डेले  प्याकेजमै हल सबै विषयको हल खोजिनुपर्ने बताए । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकमा यथास्थितिमा बागमतीमा समर्थन गर्न नसकिने माधव नेपालको अडानपछि बिना निष्कर्ष टुङ्गिएको थियो । एकीकृत समाजवादीको अडानका कारण विश्वासको मत लिन लागेका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप