रौतहटमा घाटगद्दीको काठमा आगलागी, नियन्त्रणको प्रयास जारी
रौतहट । डिभिजन वन कार्यालय रौतहट अन्तर्गत घाटगद्दी गरी राखिएको काठमा आगलागी भएको छ । आगलागीबाट लाखौँ रुपैयाँ बराबरको काठदाउरा जलेर नष्ट भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा सोमबार दिउँसो आगलागी भएको हो । आगो अझै नियन्त्रणमा लिन नसकेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
गैडाटार सवडिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार ती काठ नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निर्माणका लागि वन क्षेत्रबाट कटान गरिएको थियो ।
सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागीबारे सूचना आएको सेक्टर वन कार्यालय चोंचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताए । खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट ५ वटा वारुण यन्त्रसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण