भारतमा मेटाको पहिलो डेटा सेन्टर खुल्दै

नयाँ दिल्ली । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनी मेटाले भारतमा आफ्नो पहिलो डेटा सेन्टर बनाउँदै छ । कम्पनीले भारतीय व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डिष्ट्रिजको क्याम्पसमा सो डेटा सेन्ट खोल्न लागेको छ । यो डेटा सेन्टरले कम्पनीलाई फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएप जस्ता एपहरूमा स्थानीय स्तरमा उत्पादित कन्टेन्टहरूलाई भारतमै प्रोसेस गर्न सहयोग मिल्नेछ ।
मार्चको शुरुमा अम्बानीका कान्छा छोरा अनन्तको प्रि–वेडिङ समारोहमा मार्क जुकरबर्ग पत्नीको साथमा आएका थिए । सो क्रममा कम्पनीले रिलायन्ससँग डेटा सेन्टर बनाउने ठाउँका लागि सम्झौता गरेको स्रोतहरुले बताएका छन् । यो डेटा सेन्टर खुलेपछि मेटाले भारतका कयौँ स्थानहरूमा चार देखि पाँच ओटा नोड्स चलाउन सक्नेछन् । यसले डेटाको प्रोसेसिङ छिटो हुनेछ ।
अहिले मेटाका प्रडक्ट चलाउने भारतीय प्रयोकर्ताहरूको डेटा कम्पनी सिंगापुरमा रहेको डेटा सेन्टरमा राख्दै आएको छ । भारतमा झन्डै ३१ करोड ४६ लाखले फेसबुक चलाउँछन् । इन्ष्टाग्राम र ह्वाट्स एप प्रयोगकर्ताको संख्या ३५ करोड र ४८ करोड रहेको छ । गुगलले पनि भारतमा आफ्नो पहिलो डेटा सेन्टर खोल्दैछ । यसका लागि नवी मुम्बईमा २२.५ एकड जग्गा किन्नेबारे छलफल भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि