बागमतीमा मन्त्रालयको भागबण्डा मिलेन, तीन दल छलफलमा
हेटौँडा । बागमती प्रदेशमा मन्त्रालयको भागबण्डाको विषयमा विवाद देखिएको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच भागबण्डाको विषयमा विवाद भएको हो ।
विवाद मिलाउन मंगलबार दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण खनालबीच छलफल चलिरहेको छ । छलफलमा एमालेले आजै मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएको छ । तर, मन्त्रालयको संख्या बागमतीमा १२ वटा भएको तर एमालेलाई ४ वटा मन्त्रालय दिँदा संख्या १३ पुग्ने भएकाले अब के गर्ने भन्नेबारे छलफल केन्द्रित छ ।
एमालेले ३ जनाको नाम सिफारिस गरेकोमा मुख्यमन्त्रीले ३ जनाको मात्रै नाम दिन आग्रह गरेका बताइएको छ । तर, एमालेले ४ वटैमा अडान राखेको तथा माओवादी र समाजवादीले पनि मन्त्री फिर्ता बोलाउन नसक्ने बताएकाले समाधानको उपाय खोज्ने काम भइरहेको छ । एमालेका चारै जनालाई शपथ गराउने र अन्य मन्त्रीलाई पनि ब्याक नगराइने हो भने एउटा मन्त्रालय फुटाउनुपर्ने बाध्यता रहेको छ ।
गठबन्धनका एक नेताले समग्र विषयमा छलफल भइरहेको र सहमति जुटाएर मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताए । दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी एमालेका ४ जनालाई मन्त्री नियुक्ति दिन एमालेले दबाब दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गर्न सिफारिस भएको छ । जसअनुसार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्यालयले पत्राचारको तयारी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण