मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमतीमा मन्त्रालयको भागबण्डा मिलेन, तीन दल छलफलमा

मङ्गलबार, २० चैत २०८०, १४ : ३४
मङ्गलबार, २० चैत २०८०

हेटौँडा । बागमती प्रदेशमा मन्त्रालयको भागबण्डाको विषयमा विवाद देखिएको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच भागबण्डाको विषयमा विवाद भएको हो ।

विवाद मिलाउन मंगलबार दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण खनालबीच छलफल चलिरहेको छ । छलफलमा एमालेले आजै मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएको छ । तर, मन्त्रालयको संख्या बागमतीमा १२ वटा भएको तर एमालेलाई ४ वटा मन्त्रालय दिँदा संख्या १३ पुग्ने भएकाले अब के गर्ने भन्नेबारे छलफल केन्द्रित छ ।

एमालेले ३ जनाको नाम सिफारिस गरेकोमा मुख्यमन्त्रीले ३ जनाको मात्रै नाम दिन आग्रह गरेका बताइएको छ । तर, एमालेले ४ वटैमा अडान राखेको तथा माओवादी र समाजवादीले पनि मन्त्री फिर्ता बोलाउन नसक्ने बताएकाले समाधानको उपाय खोज्ने काम भइरहेको छ । एमालेका चारै जनालाई शपथ गराउने र अन्य मन्त्रीलाई पनि ब्याक नगराइने हो भने एउटा मन्त्रालय फुटाउनुपर्ने बाध्यता रहेको छ ।

गठबन्धनका एक नेताले समग्र विषयमा छलफल भइरहेको र सहमति जुटाएर मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताए । दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी एमालेका ४ जनालाई मन्त्री नियुक्ति दिन एमालेले दबाब दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गर्न सिफारिस भएको छ । जसअनुसार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्यालयले पत्राचारको तयारी गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप