४८ दिनमा १ करोड भक्तजन पुगे अयोध्या
मङ्गलबार, २० चैत २०८०, १७ : ४२

नयाँ दिल्ली । भारतको अयोध्या धार्मिक तीर्थयात्रीहरूको ठुलो केन्द्र बनेको छ । राम मन्दिर ट्रष्टका अनुसार जनवरी २२ मा राम मन्दिरमा बालक रामको मूर्तिको प्राण प्रतिष्ठा भएयता १० मार्चसम्म त्यहाँ १ करोड श्रद्धालुहरू दर्शनका लागि आएका छन् ।
भूमि पूजन अघि अयोध्यामा दिनहुँ ५ हजारको हाराहारीमा श्रद्धालुहरू आउँथे । तर प्राण प्रतिष्ठाअघि राम मन्दिरमा दैनिक औसत २ लाख हाराहारीमा भक्तजनहरू आइरहेका छन् । यति ठुलो सङ्ख्यामा विश्वको कुनै पनि धर्मको धार्मिक स्थलमा भक्तजनहरू नआउने भन्दै दैनिक भास्करले मंगलबार एउटा समाचार छापेको छ ।
इसाईहरूको सबैभन्दा ठुलो धार्मिक स्थल भ्याटिकन सिटीमा वर्षभरिमा करिब ९० लाख आउने गरेका छन् । मुस्लिमहरूको पवित्र स्थल मक्कामा गएको वर्ष १ करोड ३५ लाख तीर्थयात्रीहरू पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?