४८ दिनमा १ करोड भक्तजन पुगे अयोध्या
मङ्गलबार, २० चैत २०८०, १७ : ४२
नयाँ दिल्ली । भारतको अयोध्या धार्मिक तीर्थयात्रीहरूको ठुलो केन्द्र बनेको छ । राम मन्दिर ट्रष्टका अनुसार जनवरी २२ मा राम मन्दिरमा बालक रामको मूर्तिको प्राण प्रतिष्ठा भएयता १० मार्चसम्म त्यहाँ १ करोड श्रद्धालुहरू दर्शनका लागि आएका छन् ।
भूमि पूजन अघि अयोध्यामा दिनहुँ ५ हजारको हाराहारीमा श्रद्धालुहरू आउँथे । तर प्राण प्रतिष्ठाअघि राम मन्दिरमा दैनिक औसत २ लाख हाराहारीमा भक्तजनहरू आइरहेका छन् । यति ठुलो सङ्ख्यामा विश्वको कुनै पनि धर्मको धार्मिक स्थलमा भक्तजनहरू नआउने भन्दै दैनिक भास्करले मंगलबार एउटा समाचार छापेको छ ।
इसाईहरूको सबैभन्दा ठुलो धार्मिक स्थल भ्याटिकन सिटीमा वर्षभरिमा करिब ९० लाख आउने गरेका छन् । मुस्लिमहरूको पवित्र स्थल मक्कामा गएको वर्ष १ करोड ३५ लाख तीर्थयात्रीहरू पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण