बागमतीका ४ मन्त्रीले लिए शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त ४ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।
प्रदेश सरकारको मन्त्रीपरिषदमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता गठबन्धनबाट एमालेका ४ मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
यसअघि सोमबार राती मात्र एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भई मंगलबार बिहान शपथ ग्रहण गरेकी थिइन ।
हालसम्म बागमतीमा मौजुदा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त भएका छन् । जसमध्ये मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा माओवादी केन्द्रका ४, एमालेका ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका १ मन्त्री नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण