बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बागमती सरकार टिम

बागमतीका ४ मन्त्रीले लिए शपथ

मङ्गलबार, २० चैत २०८०, १७ : ४६
मङ्गलबार, २० चैत २०८०

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त ४ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।

प्रदेश सरकारको मन्त्रीपरिषदमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता गठबन्धनबाट एमालेका ४ मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । 

मुख्यमन्त्री जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय,  एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

यसअघि सोमबार राती मात्र एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भई मंगलबार बिहान शपथ ग्रहण गरेकी थिइन ।

हालसम्म बागमतीमा मौजुदा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त भएका छन् । जसमध्ये मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा माओवादी केन्द्रका ४, एमालेका ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका १ मन्त्री नियुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप