रामेछापमा गणेश पाठकको हत्या आशंका, वडा सदस्यसहित २ जना पक्राउ
काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिमा मृत भेटिएका गणेश पाठकको हत्या भएको आशंका गरिएको छ । २०८० असार २० मा दोरम्बाको सल्लेनी भिरमा ४१ वर्षीय पाठक मृत अवस्थामा भेटिएका थिए ।
१६ असारमा घरबाट हिँडेका पाठकको हत्या आशंकामा प्रहरीले वडा सदस्य सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–३ का वडा सदस्य ४० वर्षीय लालबहादुर थापा मगर र वडा नम्बर–५ घर भएका रुद्रबहादुर नगरकोटी छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको रामेछापका डएिसपी प्रदीप कुमार सिंहले रातोपाटीलाई बताए । उनले भन,‘भिरभन्दा तल शव भेटिएको थियो, हामी अनुसन्धान गर्दै छौँ ।’
पीडितका परिवारले दोरम्बा शैलुङ गाउँपालिका–५ घर भएका रुजन श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)को दोरम्बा गाउँपालिका अध्यक्ष हिराबहादुर श्रेष्ठ र दोरम्बा–३ का प्रकाश कँडेलविरुद्ध परिवारले किटानी जाहेरी दिएका छन् । घटना भएको ९ महिनापछि आरोपीहरू पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण