इस्तानबुलको एक क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु
मङ्गलबार, २० चैत २०८०, २१ : २५
इस्तानबुल । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । यो क्लब इस्तानबुलको एक भवनको बेसमेन्टमा थियो ।
मर्मत कार्यका कारण यो क्लब बन्द थियो । आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा इस्तानबुलका गभर्नर दावुत गुलले बताए ।
आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने मानिसहरु भएको बताइएको छ । तर ती कर्मचारीहरु क्लबका थिए वा ठेकेदारले खटाएका मान्छे थिए भन्ने पनि खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण