बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रमा कपडाको पसलमा आगलागी, ७ जनाको मृत्यु

बुधबार, २१ चैत २०८०, १२ : ४७
बुधबार, २१ चैत २०८०

नयाँदिल्ली । महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।

प्रारम्भिक अनुसन्धानका अनुसार सात जनाको निस्सासिएर मृत्यु भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । 

‘छत्रपति सम्भाजीनगरको एक कपडा पसलमा बिहान चार बजे आगलागी भएको थियो । आगो दोस्रो तलासम्म पुग्न नसके पनि धुवाँका कारण निसासिएर सात जनाको मृत्यु भएको छ’ लोहियाले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप