महाराष्ट्रमा कपडाको पसलमा आगलागी, ७ जनाको मृत्यु
बुधबार, २१ चैत २०८०, १२ : ४७
नयाँदिल्ली । महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।
प्रारम्भिक अनुसन्धानका अनुसार सात जनाको निस्सासिएर मृत्यु भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।
‘छत्रपति सम्भाजीनगरको एक कपडा पसलमा बिहान चार बजे आगलागी भएको थियो । आगो दोस्रो तलासम्म पुग्न नसके पनि धुवाँका कारण निसासिएर सात जनाको मृत्यु भएको छ’ लोहियाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण