सांसद बजगाईंको कटाक्ष : सहकारी काण्डले कांग्रेसमा टिकट नपाएकाहरु रास्वपा जाने बाटो बन्द हुने भयो
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सहकारी काण्डले कांग्रेसमा टिकट नपाएकाहरु जाने ठाउँ रास्वपामा पनि बाटो बन्द भएको कटाक्ष गरेका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र विपिन आचार्यको नाम जोडिएपछि सांसद बजगाईंले यस्तो कटाक्ष गरेका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै अवसर खोज्दै रास्वपा जानेहरूप्रति सांसद बजगाईंले चिन्ता व्यक्त गरेका हुन् । ‘कांग्रेसले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ रास्वपा अवसरको ठाउँ बनेको थियो। यो सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुने अवस्था छ। मलाई साथीहरुदेखि साह्रै चिन्ता लागेको छ,’ उनले भने ।
यस्तै उनले बुढीगण्डकीमा माछा मार्नेहरूले बुढीगण्डकीको माछा केन्द्रीय सरकालाई पठाएपछि त्यो परियोजना बन्छ कि भन्ने आशा पालाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण