बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कारागारका थुनुवालाई छुटाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

बुधबार, २१ चैत २०८०, २० : १८
बुधबार, २१ चैत २०८०

काठमाडौँ । कारागारका थुनुवालाई छुटाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका घर भएर कपन बस्ने शिशिर कुमार भट्ट छन् ।

३७ वर्षीय भट्टलाई काठमाडौँको माइतीघरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए । 

बैंकिङ्ग कसुर र वैदेशिक रोजगार मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजारमा रहेका अभियुक्तलाई छुटाउँछु भनेर भट्टले ९ लाख ८० हजार ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप