मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मेटामा फेरि समस्या : व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टासम्म डाउन

बिहीबार, २२ चैत २०८०, ०९ : ३५
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भए। तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।

बुधवार राति अबेरसम्म, विश्वभरका हजारौँ प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या भइरहेको रिपोर्ट गरेका थिए । धेरै मानिसहरूले एक्समा यस बारे ट्वीट गरे। राति ११ः४५ बजेतिर मेटामा समस्या सुरु भएको थियो र करिब एक घण्टासम्म प्लेटफर्म डाउन रह्यो ।

वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजारभन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका थिए ।

त्यसपछि, एक्सको एक पोस्टमा व्हाट्सएपले भन्यो, ‘हामीलाई थाहा छ कि केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन्। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौँ ।’ यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप