मेटामा फेरि समस्या : व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टासम्म डाउन
काठमाडौँ । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भए। तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।
बुधवार राति अबेरसम्म, विश्वभरका हजारौँ प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या भइरहेको रिपोर्ट गरेका थिए । धेरै मानिसहरूले एक्समा यस बारे ट्वीट गरे। राति ११ः४५ बजेतिर मेटामा समस्या सुरु भएको थियो र करिब एक घण्टासम्म प्लेटफर्म डाउन रह्यो ।
वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजारभन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका थिए ।
त्यसपछि, एक्सको एक पोस्टमा व्हाट्सएपले भन्यो, ‘हामीलाई थाहा छ कि केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन्। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौँ ।’ यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण