गृहमन्त्री लामिछानेमाथि लागेको आरोप प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन : प्रवक्ता शर्मा
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता रेखा शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको बताएकी छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।
गृहमन्त्रीमाथि लागेको आरोप प्रमाणित हुनेगरी यथेष्ट प्रमाण नभेटिएको, सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद तथा समितिमा बोलिसकेकाले समिति गठन नगरेको प्रवक्ता शर्माले जिकिर गरिन् ।
‘गृहमन्त्रीमाथि संसद्मा उठको प्रश्नको विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर बोलिसक्नुभएको छ । स्वयम् गृहमान्त्रीले पनि संसदीय समितिमा बोलिरहनुभएको छ । अहिले छानबिन समिति बनाउनुपर्ने यथेष्ट प्रमाण नभेटिएकाले बनेको छैन’, प्रवक्ता शर्माले भनिन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राखी संसद अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण