कजरिया टाईल्सको नेपालमा पहिलो ‘एक्सपेरिएन्स सेन्टर’ उद्घाटन
काठमाडौं । कजरिया टाईल्सले काठमाडौंमा पहिलो ‘एक्सपेरिएन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । उद्घाटन कार्यक्रम कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए ।
यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एउटै छानामुनि ग्राहकले आठ सिरिज र २० भन्दा बढी ‘लाइभ मोक अप’ बाथरूमको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । साथै कजारिया टाईल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ‘ द स्टेट अफ द आर्ट कन्टिन्युए टेक्नोलोजी’ प्रयोग गर्दै, कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठुला टाइल स्ल्याबहरू उत्पादन गर्दछ ।
प्रत्येक टाइलले खाली ठाउँमा सुन्दरता साथै कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीले जनाएको छ ।
यसैबीच, कजरिया रमेश टाईल्स लिमिटेड, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्दै छ ।
कम्पनीले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकलाई अनुभव सुनिश्चित गर्दै गुणस्तरीय र किफायतीको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण