विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्ने दोहोर्याएकी छिन् । सडक, सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उनले बताइन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को, यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ, विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ ।'
उनले थप भनेकी छिन्–'राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस् वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली बदल्ने छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची