अघिल्लो सरकार राष्ट्रका लागि बोझ थियो : विष्णु रिमाल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बरबादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताए ।
उनले भने, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किनभने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छ को अवस्थामा थियो । गोठमा बाधेको गाई भैँसीजस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन । अघिल्लो सरकारको हालत त्यस्तो थियो । त्यो सरकार रहनु भनेको बरबाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौँ र परिवर्तनको पहल गर्यो।’
विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको उनले बताए ।
सिन्डिकेट खडा गरेर अल्पकालीन नाफाको लागि जान नसकिने भन्दै नयाँ सहकार्यलाई गठबन्धनको नाम नदिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण