रुसी एयरबेसमा आक्रमणको दोस्रो दिन युक्रेनी सहरमा रुसी ड्रोन आक्रमण
खार्किभ । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । मेयर इहोर तेरेखोभका अनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै भवनहरूमा प्रहार गरिएको थियो।
खार्किभ रुसी सिमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनी अधिकारीहरूले भविष्यमा यो सहरमा रुसले आक्रमण गर्न सक्ने बताएका छन् ।
मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताए । केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरू नराम्ररी क्षतिग्रस्त भएको जानकारी दिएको छ।
यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । रिपोर्टका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिएका सुखोई-२७ र सुखोई-३४ विमानहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण