मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय विजयी

आइतबार, २५ चैत २०८०, ०७ : ४३
आइतबार, २५ चैत २०८०

बारा । नेकपा एमाले बारा जिल्लाको  ११ औँ अधिवेशनबाट अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।  प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै  पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन् । 

पाण्डेयले ३ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । पदाधिकारीमा भने सुवेदीको प्यानल नै निर्वाचित भएको छ ।

उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याए ।

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाईँ विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाए। उपसचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत पाए । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने प्रतिस्पर्धी कमला घिमिरेले ३ सय २५ मत ल्याइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप