एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय विजयी
बारा । नेकपा एमाले बारा जिल्लाको ११ औँ अधिवेशनबाट अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाण्डेयले ३ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । पदाधिकारीमा भने सुवेदीको प्यानल नै निर्वाचित भएको छ ।
उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याए ।
सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाईँ विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाए। उपसचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत पाए । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने प्रतिस्पर्धी कमला घिमिरेले ३ सय २५ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
-
हेलिकप्टरबाट नदीमा बेपत्ता यात्रु र सवारी खोजी गर्न निर्देशन
-
काठमाडौँ उपत्यकासहित देशभरका एक सय स्थानमा बर्डफ्लु फैलियो, कसरी सर्छ मानिसमा ?
-
बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो
-
अख्तियारका डीआईजीको सरुवा, खनालको ठाउँमा पौडेलको ‘इन्ट्री’
-
राष्ट्रसेवक कि जीविकाका लागि संघर्षरत मजदुर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण