लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज
आइतबार, २५ चैत २०८०, ०८ : ४३
काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।
नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण