रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
रौतहट । रौतहटको उत्तरीभेग गुजरा नगरपालिकास्थित जंगलासैयामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
धनसारबाट जंगलसैया तर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बर को धान काट्ने ट्रेक्टरले गुजरा ४ मुस्लिमटोलमा बिहान सवा ७ बजे साइकलबाट बाटो काट्ने क्रममा ठक्कर दिँदा शेख हसमुल्लाका १३ वर्षीया छोरा शेष सहनवाज टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर आवतजावत बन्द गरेका छन्।
हाल घटनास्थल जंगलसैयामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले पीडित परिवारसँग दोषीलाई कारवाही र कानुन अनुसार क्षतिपूर्ति दिने सर्तमा सहमति गरिएको बताए । सहमति अनुसार लिखित रूपमा कागज तयार हुँदै गरेको र त्यसपछि अवस्था सहज हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
-
हाइब्रिड गाडीको नाममा राजस्व छली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण