सत्ता राजनीति
नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ
आइतबार, २५ चैत २०८०, १५ : ४५
पोखरा । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् ।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।
अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण