सत्ता राजनीति
नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ
आइतबार, २५ चैत २०८०, १५ : ४५

पोखरा । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् ।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।
अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन