भारतमा घर बनाउँदै एप्पल
नयाँ दिल्ली । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भारतमा घर बनाउने भएको छ । आफ्ना कर्मचारीहरूलाई चीन र भियतनामी मोडलको औद्योगिक घर उपलब्ध गराउनतिर कम्पनी लागेको हो ।
सरकारी अधिकारीहरूले बताएअनुसार एप्पलका लागि करारमा सामान बनाइदिने कम्पनी फक्सकोन, टाटा र साल्कम्पले आफ्ना कर्मचारीका लागि घर बनाउने योजना बनाइरहेका छन् ।
सरकारी–निजी साझेदारी कार्यक्रम अन्तर्गत यी घरहरू बनाउन लागिएको हो । यो योजनाअन्तर्गत ७८ हजार वटा घर बनाइँदैछ । यीमध्ये सबैभन्दा धेरै ५८ हजार वटा घर तमिल नाडुमा बन्नेछन् । अधिकांश घर तमिल नाडुको उद्योग प्रवद्र्धन निगमले बनाउने भएको छ । टाटा ग्रुप र एसपीआ इन्डियाले पनि घरहरू बनाउँदै छन् । यो योजनाअन्तर्गत केन्द्र सरकारले १० देखि १५ प्रतिशतसम्म रकम उपलब्ध गराउनेछ ।
बाँकी भने राज्य सरकार र उद्योगीहरूले दिनेछन् । घर निर्माण र निजी क्षेत्रलाई हस्तान्तरणको काम चालु आवको अन्त्यसम्म पूरा हुने अधिकारीहरूले बताएका छन् ।
कर्मचारीहरूको कार्यसम्पादनमा सुधार ल्याउन, विशेषगरी आप्रवासी महिला कामदारलाई सुरक्षा उपलब्ध गराउन यो योजना अगाडि बढाइएको बताइएको छ । यो स्तरको बृहत हाउजिङ परियोजना भारतमै पहिलो भएको बताइएको छ । यो परियोजनालाई एप्पलले डोर्याइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण