भारतमा घर बनाउँदै एप्पल

नयाँ दिल्ली । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भारतमा घर बनाउने भएको छ । आफ्ना कर्मचारीहरूलाई चीन र भियतनामी मोडलको औद्योगिक घर उपलब्ध गराउनतिर कम्पनी लागेको हो ।
सरकारी अधिकारीहरूले बताएअनुसार एप्पलका लागि करारमा सामान बनाइदिने कम्पनी फक्सकोन, टाटा र साल्कम्पले आफ्ना कर्मचारीका लागि घर बनाउने योजना बनाइरहेका छन् ।
सरकारी–निजी साझेदारी कार्यक्रम अन्तर्गत यी घरहरू बनाउन लागिएको हो । यो योजनाअन्तर्गत ७८ हजार वटा घर बनाइँदैछ । यीमध्ये सबैभन्दा धेरै ५८ हजार वटा घर तमिल नाडुमा बन्नेछन् । अधिकांश घर तमिल नाडुको उद्योग प्रवद्र्धन निगमले बनाउने भएको छ । टाटा ग्रुप र एसपीआ इन्डियाले पनि घरहरू बनाउँदै छन् । यो योजनाअन्तर्गत केन्द्र सरकारले १० देखि १५ प्रतिशतसम्म रकम उपलब्ध गराउनेछ ।
बाँकी भने राज्य सरकार र उद्योगीहरूले दिनेछन् । घर निर्माण र निजी क्षेत्रलाई हस्तान्तरणको काम चालु आवको अन्त्यसम्म पूरा हुने अधिकारीहरूले बताएका छन् ।
कर्मचारीहरूको कार्यसम्पादनमा सुधार ल्याउन, विशेषगरी आप्रवासी महिला कामदारलाई सुरक्षा उपलब्ध गराउन यो योजना अगाडि बढाइएको बताइएको छ । यो स्तरको बृहत हाउजिङ परियोजना भारतमै पहिलो भएको बताइएको छ । यो परियोजनालाई एप्पलले डोर्याइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश