डोल्पामा आगो नियन्त्रण लिने क्रममा ४ जना सेना घाइते
सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । तर, पुनः सोमबार सुकेको रुखको जराबाट आगो सल्किएका थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीको कमाण्डमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेका छ ।
सो क्रममा सेनाका ४ जना घाइते भएको डोल्पा प्रहरीले जनाएको छ । घाइते हुनेमा श्री देविदत्त गणमा कार्यरत २२ वर्षीय सिपाही आषिक बुढा, ३८ वर्षीय केशव बहादुर जर्गा मगर, ३० वर्षीय प्युठ विजय कोइराला र २८ वर्षीय हेमन्त रावत रहेको छन् । उनीहरूको जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण