बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा आगो नियन्त्रण लिने क्रममा ४ जना सेना घाइते

सोमबार, २६ चैत २०८०, १५ : ५१
सोमबार, २६ चैत २०८०

सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।  तर, पुनः सोमबार सुकेको रुखको जराबाट आगो सल्किएका थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीको कमाण्डमा प्रहरी,  नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेका छ । 

सो क्रममा सेनाका ४ जना घाइते भएको डोल्पा प्रहरीले जनाएको छ । घाइते हुनेमा श्री देविदत्त गणमा कार्यरत २२ वर्षीय सिपाही आषिक बुढा, ३८ वर्षीय केशव बहादुर जर्गा मगर, ३० वर्षीय प्युठ विजय कोइराला र २८ वर्षीय हेमन्त रावत रहेको छन् । उनीहरूको जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप