मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मुख्यमन्त्रीले पठाएको पत्र प्रदेश प्रमुखले फर्काइदिए

सोमबार, २६ चैत २०८०, १६ : १८
सोमबार, २६ चैत २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्र फर्किएको छ । मुख्यमन्त्रीले २०८० जेठ ११ गतेको मिति राखेर पत्राचार गरेको पाइएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले पत्र फिर्ता पठाइदिएका हुन् । 

प्रदेश प्रमुख कार्यालयमा एमाले, माओवादीसहितका नयाँ समीकरणका नेताहरु नयाँ प्रक्रिया सुरु गर्न आग्रह गर्न पुगेकै बेला मुख्यमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरे प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए । सो पत्र प्रदेश प्रमुखले खोलेर हेर्दा पुरानो मिति राखेको पाइएपछि पत्र नमिलेको भन्दै फिर्ता पठाइदिएका हुन् । 

लगत्तै विशेष अधिवेशन आह्वानका लागि आग्रह गरिएको नयाँ समीकरणका दलहरुले आग्रह गरेको पत्र दर्ता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप