सत्ता राजनीति
मुख्यमन्त्रीले पठाएको पत्र प्रदेश प्रमुखले फर्काइदिए
सोमबार, २६ चैत २०८०, १६ : १८
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्र फर्किएको छ । मुख्यमन्त्रीले २०८० जेठ ११ गतेको मिति राखेर पत्राचार गरेको पाइएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले पत्र फिर्ता पठाइदिएका हुन् ।
प्रदेश प्रमुख कार्यालयमा एमाले, माओवादीसहितका नयाँ समीकरणका नेताहरु नयाँ प्रक्रिया सुरु गर्न आग्रह गर्न पुगेकै बेला मुख्यमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरे प्रदेश प्रमुख कार्यालयमा पुगेका थिए । सो पत्र प्रदेश प्रमुखले खोलेर हेर्दा पुरानो मिति राखेको पाइएपछि पत्र नमिलेको भन्दै फिर्ता पठाइदिएका हुन् ।
लगत्तै विशेष अधिवेशन आह्वानका लागि आग्रह गरिएको नयाँ समीकरणका दलहरुले आग्रह गरेको पत्र दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण